काठमाडौं। यातायात व्यवस्था विभागले नारायणगढ काठमाडौं सडक खण्डमा असोज २६ देखि कात्तिक ८ गतेसम्म उपत्यकाको प्रवेश विन्दुमा अत्यावश्यक बाहेकका ट्रेलरलगायतका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। उपत्यकाको आवातजावतलाई सहज बनाउन भन्दै विभागले यस्तो निर्णय गरेको हो।
विभागले अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म बन्दको निर्णय गरेको हो। नारायणगढदेखि काठमाडौंसम्म यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।