काठमाडौ। मुस्ताङ हेलिकोप्टरको दोस्रो हेलिकोप्टर काठमाडौं आइपुगेको छ। कम्पनीले संचालनमा आएको दुई वर्षपछि दोस्रो हेलिकोप्टर ल्याएको हो।
कम्पनीको अनुसार ६ महिनाभित्र दोस्रो हेलिकोप्टर ल्याउने योजना थियो। कोभिडले योजना अनुसार काम हुन सकेन त्यसैले पर्यटकीय गतिविधि पुनः पुरानै लयमा फर्किएसँगै संख्या विस्तार गरेको हो।
नयाँ हेलिकोप्टर आएसँगै नागरिक उड्डयन प्राधिकरणको आवश्यक प्रक्रिया पूरा गरेर उडान थाल्ने कम्पनीले जनाएको छ।