सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका– १४, बिनवा टोलामा विद्युतीय धरापमा परेर एक पुरुषको मृत्यु भएको छ । बरहथवामा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर स्थानीय ४५ वर्षीय शिवजी साहको मृत्यु भएको हो ।
मंगलबार राति पिसाब फेर्न घरनजिकै छिमेकीको खेतमा पुगेका साहलाई नांगो तारबाट करेन्ट लागेको थियो ।
उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि साहलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
छिमेकी नरेश साहले जंगली जनावरबाट तरकारी खेती जोगाउन लगाएको विद्युतीय धरापमा साह परेको प्रहरीले जनाएको छ।
घटनापछि नरेश साह फरार रहेको प्रहरीले जनाएको छ ।