काठमाडौं। इजरायल र हमासबीचको युद्धका कारण फसेका नेपालीको उद्धार गर्न आज नेपाल एयरलाइन्सको विमान इजरायलका लागि प्रस्थान गर्ने भएको छ। इजरायलका लागि नेपाल एयरलाइन्सको विमान आज राती ११ बजे उड्ने परराष्ट्र मन्त्रालयले जनाएको हो।
दुबई ट्रान्जिट हुँदै सो विमान इजरालय पुग्नेछ। नेपाल फर्कन चाहनेका लागि दूतावासले सुरु गरेको अनलाइन दर्ता प्रक्रियामा ३५० भन्दा बढीको नामावली संकलन भइसकेको छ।