एजेन्सी। लन्डनको लुटन विमानस्थलमा आगोलागि भएको छ। एयरपोर्टको टर्मिनल २ को पार्किङमा आगलागी भएको विमानस्थल प्रशासनले जनाएको हो।
आगोलागि भएपछि स्थानीय समय अनुसार दिउँसो ३ बजे (नेपाली समय अनुसार साँझ ७:४५) बजेसम्म विमानस्थल बन्द गरिएको थियो। त्यो समयसम्म यात्रुहरुलाई विमानस्थलमा नआउन आग्रह गरिएको थियो।
आगो लाग्दा करिब १ हजार ५०० कारहरु पार्किङमा थिए। आगलागीबाट भएको क्षतिको भौतिक विवरण सार्वजनिक भएको छैन। सो घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ।
आगलागीका कारण विमानस्थलको एक क्षेत्रमा रहेको भवनमा क्षति पुगेको छ। हाल विमानस्थलले यात्रु र कर्मचारीको सुरक्षालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको छ।
आगलागीको कारण खुल्न सकेको छैन। यद्यपि, पार्किङमै रहेको कारबाट आगो सल्केको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।