काठमाडौं। त्रिभुवन विमानस्थलको आगमन क्षेत्रमा सञ्चालित लिफ्टको क्षमता बढाएर पुनःसञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रको आईएमएस प्रालिले क्षमता बढाएर लिफ्ट सञ्चालनमा ल्याएको हो।
यसअघि साँघुरो लिफ्टका कारण थोरै मात्र यात्रु चढ्ने समस्यामा धेरै गुनासो आएपछि लिफ्टको क्षमता बढाउन दबाब बढेको थियो ।
क्षमता बढाएसँगै अब एक पटकमा १२ देखि १५ ट्रलीसहित यात्रुले यो लिफ्ट प्रयोग गर्न सक्ने भएको त्रिभुवन विमानस्थल व्यवस्थापनले जनाएको छ।