काठमाडौं। पानीको जारमा लार्भा भेटिएपछि पशुपति पानी उद्योगलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ। बुढानिलकण्ठमा रहेको पशुपति पानी उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएपनि महानगरपालिकाले कारबाही गरेको हो।
महानगरले उद्योगलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ।
महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन समेत दिएको छ ।