महोत्तरी। महोत्तरी गाउँपालिकामा बेरोजगार युवालाई कृषि सडक निर्माणमा रोजगारीको अवसर दिइने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फतचालू आर्थिक वर्षमा गाउँपालिकाले ३८ जना बेरोजगार युवालाई रोजगारी दिने भएको हो।
गाउँपालिकाले बेरोजगारीमा सूचीकृत भएका युवालाई प्राथमिकताको आधारमा रोजगारी दिने भएको छ । सोका लागि संघीय सरकारबाट न्यूनतम १०० दिनको लागि रोजगारी कार्यक्रम ल्याएको बताइएको छ।
कार्यक्रममा सहभागी भएका ३८ जनालाई दैनिक ६६८ रुपैयाँको दरले पारिश्रमिक दिइने छ। सो कार्यक्रममार्फत कृषि सडक निर्माण, मर्मत तथा नाला निर्माण गरिने छ।