फाइल तस्बिर
काठमाडौं। पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्न ८३ जनालाई पक्राउ गरी कारबाही गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध समेत गरिएको छ।