डोल्पा। हिमाली जिल्ला डोल्पामा तीनवटा पक्की पुल निर्माण गरिएको छ। दुई करोड १२ लाख लागतमा तीनवटा पक्की पुल निर्माण गरिएको हो।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाले प्रधानमन्त्री रोजगारको १ करोड ५२ लाख र नगरपालिकाको ६० लाख खर्च गरेर तीनवटा पक्की मोटरेवल पुल निर्माण गरिएको हो।
नगरपालिकाको वडा नम्बर १ स्थित गल्लीगार्ड,वडा नम्बर ९ मा पर्ने चुँ गार्ड र वडा नम्बर ७ मा पर्ने तामेगार्ड खोलामा पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
बर्खाको समयमा खोलामा पानीको बहाव बढ्दा सर्वसाधारण र सवारीसाधन जोखिम मोलेर वारपार गर्न बाध्य भएपछि कार्यपालिकाको निर्णय गरेर प्रधानमन्त्री रोजगारको बजेट पुल निर्माणमा लगाइएको बताइएको छ।