म्याग्दी। म्याग्दी नदीमाथि पटेरनीघाटमा झोलुंगे पुल निर्माण भएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ खोप्ती र वडा नम्बर ६ लाई जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो।
११४ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि म्याग्दी नदीवारि र पारिका स्थानीयबासीलाई आवातजावतमा सहज भएको छ।
५९ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो । उक्त पुलबाट ४६५ जनसंख्या लाभान्वित भएका छन्।
नवनिर्मित पुलको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले गरेका थिए।