संखुवासभा। काठमाण्डौँ–तुम्लिङटार भाडादर घटाउन माग गर्दै स्थानीयले बुद्ध एयरको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दसैँमा पनि उडान थप नगरेको भन्दै खाँदबारीका स्थानीय युवाहरूले ज्ञापनपत्र बुझाएका हुन्।
खाँदबारीका युवाहरूले उडान थप र भाडा दर घटाउन माग गर्दै बुद्ध एयरको तुम्लिङटार कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाएको खाँदबारी युथ क्लबले जनाएको छ।
बुद्ध एयरको एकलौटी उडान भएका कारण यात्रुहरूसँग मनोमानी ढंगले भाडा उठाएको उनीहरूको गुनासो छ। बुद्ध एयरले काठमाडौँ तुम्लिङटार ७२ सिटे जहाजबाट दैनिक उडान भर्दै आएको छ।