गुल्मी। गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय कृष्णबहादुर सुनारको मृत्यु भएको हो।
बुधबार दिउँसो करिब १ः३० बजेको समयमा सोही वडाको तारनेटा टापु जोड्ने मोटरबाटो मर्मत गर्न जाने क्रममा डोजरले ठक्कर दिँदा सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पाल्पाको माथागडी गाँउपालिका ७ रहवासका २९ वर्षीय कृष्णबहादुर लामिछानेले चलाएको डोजरले ठक्कर दिँदा सुनारको मृत्यु भएको हो।