संखुवासभा। काठमाडौं–तुम्लिङटारको उडान थप गर्न र भाडा दर घटाउन माग गरिएको छ। निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दसैंमा पनि उडान थप नगरेको भन्दै खाँदबारीका युवाहरूले बुद्ध एयरको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरुले निजी हवाई कम्पनी सेवामूलकभन्दा पनि नाफामूलक भएको आरोप लगाएका छन्। बुद्ध एयरको एकलौटी उडान भएका कारण यात्रुहरुसँग मनोमानी ढंगले भाडा उठाएको उनीहरूको आरोप छ।
दशैं जस्तो चार्डपर्वमा पनि बुद्ध एयरले सेवा नदिई व्यापार गरेको समेत उनीहरुको भनाइ छ।