हुम्ला। बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ। हुम्लाको सरिसल्लास्थित निर्माणाधीन बेलीब्रिजका नटबोल्ड कस्ने क्रममा चिप्लिएर मंगलबार एक जनाको मृत्यु भएको हो।
बारा जिल्ला कोलबी नगरपालिका–६ सनबार गाउँ घर भएका २० वर्षीय सुरेश चौधरी नटबोल्ड कस्ने क्रममा चिप्लिएर घाइते भएका थिए। उनलाई उपचारका लागि बाजुराको कोल्टी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
नटबोल्ड कसिरहेको बेला पुलको ड्यामबाट चिप्लिएर टाउको र ढाडमा चोट लागेका चौधरीलाई स्थानीयले उद्धार गरी सरिसल्लामा भएको हिमाल हेल्थ पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि कोल्टी अस्पताल बाजुरा रिफर गरिएको थियो ।