सिन्धुपाल्चोक। हेलम्बु गाउँपालीकाको भ्रेमाथाङमा गत असार १ र साउनको १७ गते आएको अविरल वर्षा पछिको बाढीले गर्दा मेलम्चि नदीको पक्की पुल बगाएपछि हेलम्बु गाउँपालीकास्थीत रहेको तिम्बु र हल्देमा काठको पुल हालेर स्थानीयले आवतजावत गर्न थालेका छन्।
सरकारले पुल निर्माणकार्यमा वास्ता नगरेपछि स्थानीयले नै काठको पुल निर्माण गरेर आवतजावत गर्ने गरेको भएतापनि उक्त पुल जोखिमपुर्ण रहेको भन्दै स्थानीयले गुनासो गरेकछन। यही पुलबाट पाँचपोखरी थाङपाल गाउँपालीका र हेलम्बु गाउँपालीकाका स्थानीयहरु आउजाउ गर्छन्।
मेलम्चिको बाढीले हेलम्बु गाउँपालीकाका आधा दर्जन पक्की पुल र आधा दर्जन भन्दा बढी झोलुङ्गे पुल बगाएपछि यस ठाउँका स्थानीय वासिन्दाले दुख भोग्दै आएका थिए। प्रदेश सरकार र संघीय सरकारलाई पुल निर्माण गर्न अनुरोध गरिरहेको हेलम्बु गाउँपालीकाका अध्यक्षले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीले पुल बगाएपछि स्थानीयलाई आवतजावत गर्न निकै जोखिम र समस्या हुदैँ आएको छ।
अर्थ मन्त्रालयले हेलम्बु गाउँपालीकाको चनौटेमा बेलिब्रिजको लागी बजेट उपलब्ध गराइसकेको छ। यदी समयमा नै पुलको निर्माण भए स्थानीयले जोखीमपुर्ण आउजाउ गर्नुपर्ने थिएन।