काठमाडौं। काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
गोकर्णेश्वर नगरपालिका–६ स्थित स्मृति लामिछानेको शिव सिद्धी इन्टरप्राइजेजका एक युवकको करेन्ट लागेर मृत्यु भएको हो।
सिन्धुली घर भएका १९ वर्षीय अर्जुन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो।