काठमाडौं। ललितपुर पाटन मंगलबजारस्थित भीमसेन मन्दिरको छानो छाउने कार्य सम्पन्न भएको छ। पुनर्निर्माणका क्रममा रहेको भीमसेन मन्दिरको छानो परम्पराग शैलीअनुसार नै झिँगटी प्रयोग गरेर छाइएको छ।
भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार र आइतबार छानो छाएर सकिएको जनाएको छ। २०७२ को भूकम्पले क्षति पुर्याएको उक्त मन्दिरको पहिलो र दोस्रो तल्लाको पुनर्निर्माण कार्य सकिएको छ।
पहिलो तल्लाको थाम र चारकुनामा क्षति पुगेको थियो। दोस्रो तल्लाको छानोमा क्षति पुगेको थियो। त्यस्तै, मन्दिरको गजुर पनि मिलाइएको ललितपुर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए।
महर्जनका अनुसार करिब दुई वर्षको हाराहारीमा मन्दिर पुर्निर्माण कार्य सकिन लागेको हो।