सिमकोट। कर्णाली करिडोरको सिमकोट–हिल्सा सडक खण्डमा मिनीब सञ्चालनका लागि अस्थायी रुटपरमिट दिइएको छ। यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतले सिमकोट हिल्सा सडकका लागि अस्थायी रुटपरमिट प्रदान गरेको हो।
गत शुक्रबारबाट लागू हुने गरी सिमकोट–हिल्सा सडकमा मिनीबस सञ्चालनका लागि अस्थायी रुटपरमिट आएको कार्यालयले जनाएको छ।
यातायात व्यवस्था कार्यालय सुर्खेतले सो परमिट पठाएको भन्दै अब उक्त खण्डमा सञ्चालन गर्न दुई वटा मिनीबस हिल्सामा ल्याएको र अब सञ्चालनमा सहज भएको बताइएको छ।
रुट परमिट पाएसँगै अब मिनीबस सिमकोटबाट च्याछरा, ढाँडकेर्मी हुँदै हिल्सासम्म औपचारिक रुपमा सञ्चालनमा आउनेछन्।