काठमाडौं। दुर्गम भेगमा उडान भर्नका लागि नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्ने भएको छ । जहाज किन्नका लागि निगमले आइतबार बोलपत्र समेत आह्वान गरेको छ।
निगमले बोलपत्रमा आवेदन दिने म्याद ५ डिसेम्बरसम्म तोकिएको छ ।
संस्कृती, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीले पटक–पटक जहाज किन्ने योजना अघि बढिरहेको बताएका थिए । उनले आफ्नै कार्यकालमा जहाज किन्नेगरी प्रक्रिया अघि बढाउने योजना सुनाउँदै आएका छन् ।
यस्तै, यसअघि निगमको संरचनात्मक एंव व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले जग्गा बेचेर जहाज किन्न सिफारिस गरेको थियो । समितिले सोल्टी होटलमा रहेको कम्पनीको सेयर बेचेर जहाज किन्न सिफारिस गरेको थियो ।