जाजरकोट। भेरी नगरपालिकाले गत आर्थिक वर्ष (२०७९/८०) मा लक्ष्यभन्दा करिब ५५ लाख बढी राजश्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष १ करोड ६२ लाख राजश्व संकलनको लक्ष्य राखिएकोमा २ करोड १७ लाख रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले नदीजन्य पदार्थ उत्खननबापत सबैभन्दा धेरै राजश्व संकलन गरेको नगरपालिकाले जनाएको छ । ‘अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा नगरपालिकाले एक करोड ५१ लाख राजश्व संकलन गरेको थियो ।
भेरी नगरपालिकाले व्यापार व्यवसाय दर्ता तथा नवीकरण, सम्पत्ति भाडा, घरजग्गा रजिष्ट्रेसन, ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ बिक्री वितरण, सेवा शुल्क लगायतका शीर्षकमा राजश्व संकलन गर्दै आएको राजश्व विभागले जनाएको छ।