काठमाडौ। चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको आज बिहान सांघाईमा हृदयाघातका कारण निधन भएको हो ।
सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको छ ।
उनको ६८ वर्षको उमेरमा निधन भएको हो ।