सुर्खेत। दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–४, को रोशनीडाडाँ–रुमालदेव–गडाखा लिफ्टिङ्ग खानेपानी योजना तोडफोड भएको छ। दशैंको अघिल्लो रात अज्ञात समूह वा व्यक्तिले खानेपानी योजना तोडफोड गरी आयोजनाको मुहानमा रहेको सोलार सिस्टमलाई नष्ट गरेको हो।
साढे तीन सयभन्दा बढी उपभोक्ताहरूले प्रयोग गर्दै आएको आयोजना ४ वर्षअघि कर्णाली प्रदेश सरकारले करिब ४० लाख बढी रकमबाट निर्माण गरिएको थियो ।
संरचना तोडफोड हुँदा अहिले पूर्ण रूपमा नागरिकहरूमा खानेपानीको हाहाकार भएको छ।
नगरपालिकाका मेयर गणेशकुमार शाही, पूर्व उपमेयर तारा शाही खत्री, वडा अध्यक्ष लगायत सरोकारवालाहरूको रोहबरमा मुचुल्का उठाएर प्रहरीले अनुसन्धान गरिरहेको छ।