काठमाडौं। बुद्ध एयरको थप एउटा एटिआर विमान काठमाडौं आइपुगेको छ। यससँगै कम्पनीको जहाज संख्या १७ वटा पुगेको छ।
शुक्रबार भित्र्याइएको एटिआरमार्फत एक महिना भित्रै व्यवसायिक उडान गर्ने बुद्धको तयारी छ।
जहाज संख्या विस्तारले यात्रु सेवासँगै जहाज मर्मत सम्भार थप प्रभावकारी रहने कम्पनीले जनाएको छ।
९एन–एओसि कलसाइन दिइएको यो एटिआर थपिएसँगै कम्पनीसँग एटिआर–७२ सिरिज संख्या १४ वटा पुगेको जनाइएको छ। बाँकी ३ वटा जहाज एरिआर–४२ सिरिजका रहेका छन्।
हाल कम्पनीले आन्तरिकतर्फ दैनिक १५० भन्दा बढी उडान भर्दै आएको छ। यस्तै, अन्तर्राष्ट्रिय तर्फ काठमाडौंबनारस उडान गर्दै आएको छ।