सुर्खेत। सुर्खेत विमानस्थलमा बत्ती जडान हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आठ करोड लागतमा विमानस्थलमा बत्ती जडान गर्न सुरु गरेको हो।
अबको तीन महिना भित्र राती पनि उडान सुरु हुने भएसँगै बत्ती जडान गर्न थालिएको छ। आइकाओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान हुने भएको छ । यसकालागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको हो ।
सुर्खेत विमानस्थललाई प्राधिकरणले बत्ती जडानका लागि भनेर चालु आर्थिक वर्ष २०८०र०८१ मा बजेटको व्यवस्था गरेको हो । ठेक्का प्रक्रिया अगाडी नै सुरु भएको हो ।