हिल्सा। नेपाल र चीनको सिमाना हिल्साको दश गजा क्षेत्रमा सडकको ढलान कार्य सुरु भएको छ। सहरी विकास कार्यालय जुम्लाको ३२ लाख लगानी र स्थानीय जनश्रमदानबाट ढलान सुरु गरिएको हो ।
चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडकलाई ढलान कार्य सुरु गरिएको हो ।
चिनियाँ सडक कालो पत्रे तर नेपालतर्फ भने धुलाम्मे सडक हुँदा व्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे हुने भएको कारण तत्कालका लागि ढलान कार्य सुरु गरिएको हो ।
धुलाम्मे सडकमा सामन फालिने भएको कारण सुरक्षाकर्मीहरूलाई पनि सामन चेकजाँच गर्न कठिन अवस्था थियो । ३५ मिटर लम्बाई र बिस मिटर चौडा सडकलाई ढलान कार्य सुरु भएको सहरी विकास कार्यालय जुम्लाले जनाएको छ।