काठमाडौं। काभ्रेमा नेकपा एमालेका नेताहरु चढेको गाडी दुर्घटनामा परेको छ। बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी बेथानचोक नजिकै निगाले भन्ने स्थानमा दुर्घटनामा परेको हो।
गाडीमा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, नेता रामहरी सुवेदी, प्रदेश नेतृ भक्तकुमारी लामासहितका नेताहरु सवार थिए। बोलेरो गाडी काभ्रेको बेथानचोक–१ मा आइतबार पल्टिएको
जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा नेतृ लामासहित ११ जना सामान्य घाइते भएका छन् ।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।