नुवाकोट । नुवाकोटको वीरेन्द्र माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ। गाउँका विद्यार्थीको सुविधाका लागि विज्ञान प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको विज्ञान प्रयोगशालाको बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रमका अवसरमा उक्त विद्यालयमा ३५ वर्ष कार्यालय सहयोगी भई अवकाश पाएकालाई मेयर गुरुङले व्यक्तिगत रूपमा ३५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन्।