सुनसरी। सुनसरीको वराह क्षेत्र नगरपालिका–७, चक्रघट्टीमा ग्यास सिलिन्डर पड्किएर एउटा घर पूर्ण रुपमा ध्वस्त भएको छ। नयाँ सिलिन्डर चुलोमा जोडेर बाल्न खोज्दा ग्यास पड्किएर घरमा क्षति पुगेको हो।
सुमित्रा पौडेलको घरमा ग्यास सिलिन्डर पड्केर दनदनी आगो लागेको थियो। आगोलागीबाट घर, खाद्यान्न र चौपायासमेत नष्ट भएको छ । आगलागीमा परी पौडेलेका हात र अनुहार तथा छोरी शान्ताको खुट्टा समेत जलेको छ ।
सामान्य आर्थिक अवस्था भएको पौडेल परिवारलाई तत्कालका लागि रेडक्रसबाट खाद्यान्न उपलब्ध गराइएकोछ।
उनीहरूलाई सामान्य उपचार गरेर अहिले घरमै राखिएको छ । आगलागीका कारण घरमा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।