ओखलढुंगा। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ७ हर्कपुरको एक घरमा आगोलागी हुँदा एक जनाको मृत्यु भएको छ। उमेश गौतमको घरमा आगलागी हुँदा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो भएको एक तले भान्सा घरमा आगलागी भएको थियो । कमलाले चुह्लोमा पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रममा घर जलेको र उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको। घटनाको खबर पाए लगत्तै घटनास्थलमा पुगेको हर्कपुर प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।
प्रहरीका अनुसार आगो निभाउने क्रममा उमेश गौतमकी श्रीमती अन्दाजी २७ वर्षीया जानुका गौतमको वायाँ खुट्टामा पोलेको छ । उनको उपचार उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा भइरहेको छ ।