सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाले माटो परीक्षणका लागि शिविरको आयोजना गर्ने भएको छ। माटो परीक्षणका लागि गाउँपालिकाले यही कातिक १९ गतेदेखि २२ गतेसम्म शिविरको आयोजना गरेको हो।
माटोको उर्वराशक्ति जोगाउनका लागि सबै वडाबाट माटोको नमुना लिई माटो परीक्षण गर्ने र सोहीअनुसार मलजलको व्यवस्थाका लागि परामर्श तथा उपचार गरिने गाउँपालिकका वरिष्ठ शाखा अधिकृत राजुभाइ श्रेष्ठले बताए ।
वडा कार्यालय, तिम्बु र किउलमा १९ गते शिविर माटो परीक्षण शिविर राखिएको छ ।
त्यस्तै, वडा कार्यालय, पाल्चोक र ग्याल्थुममा कातिक २० गते, वडा कार्यालय, छाँजोगाङमा कातिक २१ गते र वडा कार्यालय, इचोक र मँहाकालमा कातिक २२ गते शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।