दार्चुला। मालिकार्जुन गाउँपालिकाले चालु आर्थिक वर्षमा २५० जना युवालाई रोजगारी दिने भएको छ। गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत २५० जनालाई रोजगारी दिने भएको हो।
गाउँपालिकाको उद्यम विकास संयोजक जगदिश चन्द्र अवस्थीका अनुसार उद्यम विकास रोजगारी कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले महिलालाई लक्षित गरी हाते होजियारी, साबुन बनाउने, सिलाईकटाई धूपवत्ती बनाउनेलगायतका तालिम प्रदान गरी उद्यमी बनाउने बताइएको छ।
गाउँपालिका स्थापना अगावै उद्यम विकासका कार्यक्रम सञ्चालन गर्दै आएको संयोजक अवस्थीले बताए। गत आर्थिक वर्ष ७५ जनालाई उद्यमी बनाएका थिए। चालू आर्थिक वर्षमा वजेट घटेर आएकोले ३० जनालाई उद्यमी हुने भएका छन। गाउँपालिकाले शसर्त अनुदान अन्तर्गत १० लाख वजेट विनियोजन गरेको छ।