रुपन्देही। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन्। बुटवलका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल जाने भएका हुन्।
प्रधानमन्त्रीले आज बिहान ११ बजे बुटवलको आम्दा अस्पतालका भौतिक संरचनाको शिलान्यास, उद्घाटन गर्ने र वार्षिक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आज दिउँसो नै १ बजे नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग छलफल गर्ने र दिउँसो २ बजे पार्टीका विभिन्न जन वर्गीय सङ्गठनका अगुवा तथा केन्द्रीय सदस्यलाई प्रधानमन्त्री प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताइएको छ। कार्यक्रम बुटवलको कालिकानगरस्थित एसियन होटेलमा आयोजना गरिएको छ । यी विभिन्न कार्यक्रममा सहभागीताका लागि माओवादी रुपन्देहीले लुम्बिनी प्रदेशका अगुवा नेता तथा कार्यकर्तालाई बुटवलमा उपस्थित हुन आग्रह गरेको छ।