डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा धार्मिक पर्यटन महोत्सव सुरु भएको छ।
नगरपालिकाभित्र रहेका धार्मिक स्थलहरुको प्रचारप्रसार तथा स्थानीय अर्गानिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले कात्तिक १५ (हिजो) देखि कात्तिक २२ गतेसम्म चल्नेगरी महोत्सव आयोजना भएको हो।
जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायले विशेष कार्यक्रमबीच महोत्सवको उदघाटन गरे । महोत्सवको उद्घाटन गर्दै समन्वय प्रमुख रोकायले महोउत्सव परिणाममुखी हुनु पर्नेमा जोड दिए।
नगरले स्थानीय उत्पादनको निर्यात ब्यवस्थापन गर्नमा महोत्सवले सहयोग गर्न सके भविश्यका कर्णधारलाई सहज हुने रोकायको भनाइ छ।
नगरपालिकाको धार्मिक तथा पर्टकीय स्थलहरू, स्थानीय कलाभेषभुषा र स्थानीय संस्कृति झल्काउने नृत्य लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । बालात्रिपुरा सुन्दरी सांस्कृतिक महोत्सव २०८० समेतको नाम दिइएको धार्मिक पर्टन महोत्सवका अवसरमा तेस्रो मेयर कप खुल्ला भलिबल र जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियोगिताको समेत आयोजना गरिने भएको छ ।
महोत्सव मुलसमारोह समितिका संयोजक तथा ४ नम्बरका वडाध्यक्ष रञ्जित बुढाले नगरपालिकाले यसरी कार्यक्रम गर्न लागेको पहिलो पटक भएकोले यसलाई सफल बनाउन सबैको सकरात्मक सहयोगको आवश्यकता रहेको बताए ।