नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारत र चीनको नाका जोड्ने त्रिवेणी–कोरला सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त धारणा राखेका हुन्।
प्रदेशको लाइफलाइन मानिएको यो सडक खण्ड निर्माणका लागि त्रिवेणीदेखि दुम्किबाससम्म चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माण हुन सकेको छैन । मुख्यमन्त्री पाण्डेले केन्द्र सरकार र निकुञ्जले यो सडक निर्माणमा सहजीकरण नगरेमा प्रदेश आफैंले सडक निर्माण गर्ने दाबी गरे।
चीनसँग जोडिएको कोरलानाका केही समयपछि खुल्ने र यसले प्रदेशको आर्थिक गतिविधिमा वृद्धि हुने उनले बताए ।