काभ्रे। तोकिएको मात्राभन्दा बढी लोड गरेर ल्याइएको १२ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले अधिक भार बोक्ने १२ वटा टिपरलाई नियन्त्रणमा लिएको हो।
सवारी जाँच गर्ने क्रममा तोकिएको मात्राभन्दा बढी सामान लोड गरेर ल्याइएका टिपरबाट सामान कटिङ गरिनुको साथै कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
नियन्त्रणमा लिइएको टिपरबाट सामान कटिङ गरिनुको साथै ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।