काठमाडौं। चन्द्रागिरिबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङका लागि नेपालका पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारले व्यवसायी उडान थालेका हुन् ।
बाबु एड्भेन्चर्सले चन्द्रागिरिबाट उडान गरी मकवानपुरको चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको छ।
भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने गरी माथिल्लो स्टेसन तोकिएको छ । चन्द्रागिरि (२३ सय मिटर)बाट सुरू भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिने कम्पनीले जनाएको छ । त्यसपछि १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।
प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यू’का साथै काठमाडौं उपत्यकाको अधिकांश भू–भागको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।