काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले क्षतिको तत्काल अध्ययन गरी भूकम्प प्रभावित क्षेत्रहरुमा टेलिकमको सेवा सुचारु राख्न निर्देशन दिएकी छन्। भूकम्पका कारण भएको क्षतिको तत्कालै अध्ययन गरी सेवा सुचारु गर्न नेपाल टेलिकमलाई निर्देशन दिइएको हो।
विपद्को समयमा संचार सेवा अत्यन्त संवेदनशील हुने भन्दै सरकारले टेलिकमलाई सेवा सुचारु राख्न निर्देशन दिएको हो।
मन्त्री शर्माको निर्देशनलगत्तै टेलिकम तयारी बैठकमा जुटिसकेको मन्त्री शर्माको सचिवालयले जनाएको छ।