कालीकोट। खाँडाचक्र–३, ताडी बसपार्कदेखि तिला कर्णाली बहुमुखी क्याम्पससम्मको सडक निर्माण निर्माण गर्ने क्रममा शुक्रबार बेलुकी ४ः३० बजे माटोको ढिस्को खस्दा एक कामदारको मृत्यु भएको छ ।
क्याम्पस पुग्ने ठाउँनजिकै सडक आरसीसी ढलान गर्न मोडमा पर्खाल लगाउने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले घाइते भएका दैलेख महाबु गाउँपालिका–६ का १८ वर्षीय विनोद दर्लामीको उपचारका क्रममा मृत्यु भएको हो ।
उनीसँगै घाइते भएका सुर्खेत चौकुने गाउँपालिका ६ गुटु घर भएका ४५ वर्षीय अर्का मजदुर लिलवहादुर गुरुङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र ढाडमा चोट लागेको छ ।