काठमाडौं। सरकारले भूकम्प पीडितको लागि मित्र राष्ट्रले दिएको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।
आइतबार बिहान सकेको मन्त्रिपरिषद्को बैठकले सहयोग स्वीकार गर्ने र कस्तो किसिमको सहयोग लिने भन्ने विषयमा भने पुनः छलफल हुने बताइएको छ।
शुक्रबार मध्यराति जाजरकोटमा भएको भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको छ। त्यस्तै तीन हजारभन्दाबढी घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांकले देखाएको छ। भूकम्पबाट घाइते भएका सबैको निस्शुल्क उपचार गर्ने निर्णय पनि भइसकेको छ।