काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडित राहत कोषका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिएको हो।
प्राधिकरणले सहयोग स्वरूप एक करोड रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमाजम्मा गर्ने घोषणा गरेको छ।
साथै नेपालगंज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा सतप्रतिशत छुट दिने घोषणा समेत प्राधिकरणले गरेको छ।