जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ। भूकम्पका कारण जाजरकोटमा मात्रै २ सय १३ वटा विद्यालयका भवनमा क्षति पुगेको छ ।
हालसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने १ सय २२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।
३ सय ६६ वटा कक्षाकोठाहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने ४ सय ७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ । त्यसैगरी विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पूर्ण रुपमा ध्वस्त भएको प्रहरीको तथ्यांक छ। विवरण संकलन गर्ने क्रम जारी रहेको बताइएको छ।