काठमाडौं। कर्णाली कन्ट्रक्सन निर्माण कम्पन्नीले कर्णाली राजमार्गको सिम्लेखोला र खल्लागाड पक्कीपुलको दायाँबायाँ सडक निर्माण तथा कालोपत्रे गर्ने ठेक्कापाएको करिब पाँचवर्ष बितिसक्यो। तर अहिलेसम्म निर्माण देखि कालोपत्रे अलपत्र परेका छन्।
दुईवटा पुलको दाँयाबायाँ साइडको चार सय मिटर सडक निर्माण र कालोपत्रे गर्ने गरी २०७४ सालमा ठेक्का सम्झौताभएको थियो। तर कर्णाली कन्ट्रक्सन निर्माण कम्पनीका ठेकेदार मानबहादुर शाहीले अहिलेसम्म १० प्रतिशत पनि काम गरेका छैनन्।
सडक डिभिजन जुम्लाले विगतकावर्षदेखि कामसुचारु गर्न ताकेता दिए पनि कालिकोटका निर्माण व्यवसायीले भने कुनै वास्ता गरेका छैनन्। सडक डिभिजन जुम्लाकाप्रमुख राजिव श्रेष्ठका अनुसार चालूआवको पहिलो चौमासिकबितिसक्दा पटक पकट ताकेता गर्दा पनि विभिन्न बहाना देखाएर छिट्टै काम सुरु गर्छु भन्ने तर काम भने भएको छैन।
कर्णाली कन्ट्रक्सन निर्माण कम्पनीका मात्रै सडक निर्माण,सडक कालोपत्रे,स्तरवृद्धि गर्ने लगायत पाँच वटा ठेक्का अलपत्र अवस्थामा छन्। सम्झौतामितिगुज्रिएर वर्षौं बितिसक्दा पनि बहाना गर्ने निर्माण व्यवसायी मानबहादुर शाही लगायत अन्यविरुद्ध कानुनीप्रक्रियामाजानेसमेत प्रमुखश्रेष्ठले चेतावनीदिए।
कर्णालीमा समयमै पूर्वाधार विकासका काम नहुनुका विभिन्न कारण मध्ये निर्माण व्यवसायी पनि मुख्य कारण हुन्। बजेट अभाव,जनशक्तिअभाव,भौगोलिक विकटताजस्ता चुनौतीका बीच पनि निर्माण व्यवसायीको लापारबाहीका कारण कर्णालीको पूर्वाधार विकास सुस्त गतिमा छ।