लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । केही वर्षअघि ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्ले आयोजना गरेको यो सुरुङ मार्गमा यतिबेला पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
यस मार्गले पर्यटकलाई आकर्षित गरेको बताउँदै दैनिक २ हजारदेखि २ हजार ३ सयसम्म पर्यटक दैनिक यहाँ अवलोकन तथा घुम्न आउने गरेका गाउँपालिकाले जनाएको छ। उत्तरी लमजुङका ग्रामीण भाग र मनाङ जाने सवारी सोही बाटो भएर आवतजावत गर्दछन् ।
विशेष गरी बिदाको दिन विद्यार्थी, कर्मचारी तथा अन्य सर्वसाधारणको भीड हुने गरेको बताइएको छ।यस सुरुङ मार्ग नजिकै रहेको हामखोला झरनामा समेत पर्यटक आउने गरेका छन् ।