मनाङ। हिमाली जिल्ला मनाङमा भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ।
यस वर्षको बैशाखदेखि असोज मसान्तसम्म कूल ९ हजार ७ सय ५२ बाह्य पर्यटकले मनाङ भ्रमण गरेका छन्। जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) का अनुसार ६ महिनाको अवधिमा यति विदेशी पर्यटक मनाङ भ्रमणमा आएका हुन् ।
यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेको बताइएको छ। आन्तरिक तथा बाह्य गरी ९ हजार २ सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने ५ सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् ।
असोज मसान्तसम्ममा मात्रै ४ हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । भुजेलका अनुसार बैशाखमा ३ हजार २ सय ६६, जेठमा ६ सय ६१, असारमा २ सय ५९, साउनमा २ सय ९६, भदौमा ९ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।