जाजरकोट। जाजरकोटको पूर्वमा निर्माण हुने नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको छ । कात्तिक १५ गते ईआईए स्वीकृत भएको वन अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।
साउन १० गते सरोकारवाला निकायसँग राय सुझाव माग्दै वन तथा वातावरण मन्त्रालयले सूचना प्रकाशित गरेको थियो । उक्त प्रकाशित सूचनामाथि आवश्यक सल्लाह, सुझाव लिएर मन्त्रालयले कात्तिक १५ गते वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम प्रतिवेदन स्वीकृत गरेको वन अधिकृत दाहालले बताए । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै नलगाड जलविद्युत आयोजना निर्माणका लागि थप बाटो खुलेको छ । कारोबार दैनिकबाट