भक्तपुर। भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिनेभएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले सडक महोत्सव गर्न लागेको हो ।
नगरकोटमा आयोजना हुने महोत्सवको तयारी पूरा भएको समितिले जनाएको छ। नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन, पर्यटकको सङ्ख्या बढाउन र रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गर्न लागिएको हो ।
नगरकोटका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको संलग्नतामा हुने महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा कक्ष बुक भएको बताइएको छ। महोत्सवमा आउने पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै राष्ट्रिय एवं स्थानीय कलाकारको विभिन्न प्रस्तुतिसमेतको सांस्कृतिक कार्यक्रम हुने छ।
महोत्सवमा चङ्गा चेट प्रतियोगिता समेत हुने भएको छ । नगरकोट बसपार्क नजिकैको नगरकोट चोकमा हुने महोत्सवको अवधि भर यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।