पाल्पा। तीन महिनादेखि निर्माण अवरुद्ध भएको सिद्धबाबा सुरुङ् मार्ग निर्माणको काम पुनः सुरु भएको छ । वर्षासँगै पहिरो खसेपछि अवरुद्ध भएकोमा अहिले निर्माण कार्य सुरु भएको हो।
सुरुङमार्गको कामले अब गति लिने विश्वास गरिएको छ । वर्षा सकिएपछि क्षति पु¥याएको स्थानबाट पुनः काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।
निर्माण कम्पनीले अहिले सुरुङ् मार्गको बाहिरपट्टि सरसफाई गरी रिब निर्माण गरेको जनाएको छ डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायतका काम भैसकेका छन् ।
सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।