तनहुँ। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत डुम्रे–दमौली खण्डमा कालोपत्रे सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डमा ‘अस्फाल्ट प्रविधि’ मा कालोपत्रे गरिएको हो ।
डुम्रे–दमौली क्षेत्र अन्तर्गत बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा काम धमाधम भइरहेको छ ।
दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा दुई लेनको कालोपत्रे सुरु गरिएको बताइएको छ । तिहारपछि भने छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्रे हुने गरी धमाधम काम भइरहेको छ।
पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद आउँदा वैशाखसम्म छ ।