काठमाडौं। एनसेल आजियाटा लिमिटेडले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख आर्थिक सहयोग गरेको छ। एनसेलका तर्फबाट चिफ रेगुलेटरी एन्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्री कृष्णबहादुर बिसीलाई ५० लाख रकमको चेक हस्तान्तरण गरेका हुन्।
भूकम्पपीडितको उद्धार, उपचार र राहतका लागि आर्थिक सहयोग उपलब्ध गराएको एनसेलले जनाएको छ।
चेक हस्तान्तरण गर्दै उपाध्यायले प्रदेशसँगको समन्वयमा स्थानीय समुदायमा पुग्न र सहयोग प्रदान गर्न उक्त रकमले मद्दत पुग्ने बताए।
कम्पनीले यसअघि भूकम्प प्रभावित क्षेत्रका ग्राहकलाई ४० लाख बराबरको निःशुल्क सेवा पनि दिएको थियो।